मोडेल वाच विचित्र विश्व

‘मेरो शरिर युद्धग्रस्त क्षेत्र जस्तो छ’ 

‘मेरो शरिर युद्धग्रस्त क्षेत्र जस्तो छ’ 

एजेन्सी । यिनी हुन् प्लस साइज (मोटी) मोडल टेस होलिडे‘३३’ । यिनी न्यूड फोटो इन्स्टाग्राममा राखेर चर्चामा आउने गर्छिन् । मंगलबार पनि यिनले यस्तै गरिन् । घाँसै मैदानमा यिनी निर्वस्त्र भएर फोटो खिचाइन् । त्यो फोटा सेयर गरिन् । 

 

प्लस साइज मोडल भएका कारण यिनको शरिरको कुनै चर्चा गरिरहनै परेन । किनभने सबै फोटोबाटै स्पष्ट छ । युकेको कोस्मोपोलिटान म्यागजिनको अक्टुबर अंकमा यिनको तस्बीर छापिएको छ । त्यो तस्बीरलाई लिएर यिनमाथि एक आरोप पनि लागेको छ । मोटो र भद्दा शरिरको फोटो छापेर अस्वस्थ शरिरलाई प्रोत्साहन दिएको आरोप यिनीमाथि छ । 

 

यिनले हालै भनेकी छिन कि मेरो शरिर युद्धग्रस्त क्षेत्र जस्तो लाग्छ । वास्तवमै यिनी यो युद्धग्रस्त जस्तो शरिरसँग संघर्ष गरिरहेकी छन् भन्ने अनुमान लगाउन गाह्रो छैन । तर यिनले सधै आफूलाई शान्त राख्ने कोसिस गरिरहेको बताउने गरेकी छन् । 
 

विशेष