स्वास्थ्य

एचआइभी/'एड्सको अनुसन्धानमा चामत्कारिक सफलता 

एचआइभी/'एड्सको अनुसन्धानमा चामत्कारिक सफलता 

एजेन्सी । एचआइभी/एड्सको अनुसन्धानमा क्रियाशील अनुसन्धानकर्मीहरुले एक नयाँ सफलता प्राप्त गरेको दावी गरेका छन् । रकफेलर विश्वविद्यालयका अनुसन्धानकर्मीहरुले दुई खाले एन्टिबडी विकसित गरेका छन् । जसको प्रयोगले एचआइभी संक्रमितहरुले अब महिनामा एक पटक मात्रै औषधि सेवन गरे पनि हुने भएको छ ।

 

अहिले एचआइभीलाई नियन्त्रण गर्न दैनिक औषधि लिनु पर्ने बाध्यता छ । हालको उपलब्धिले दैनिक औषधि लिनु पर्ने बाध्यताबाट पीडितले मुक्ति पाउनेछ । संक्रमितहरुमा गरिएको परीक्षणबाट के देखिएको छ भने एक खालको एन्टिबडीले एचआइभीलाई १५ हप्ता अर्थात करिब ४ महिना र अर्को एन्टिबडीले ३० हप्ता अर्थात ७ महिनासम्म भाइरसलाई नियन्त्रण गरेको पाइयो । 

 

विश्वविद्यालयका डा. कार्ल डेफनबकले भने, ‘यो एक महत्वपूर्ण उपलब्धी हो । यस्तो यसअघि कहिले पनि भएको थिएन ।’ 

केही वर्षअगाडिसम्म प्राणघातक रोगका रुपमा रहेको एचआइभी/एड्स पछिल्लो समय नयाँ औषधिहरुको उपलब्धताले मेनेजेबल डिजिजका रुपमा रुपान्तरण भएको छ । एचआइभीविरुद्धको औषधिको नियमित सेवनले संक्रमितहरुको आयु लम्ब्याउन सकिन्छ । तर पनि एड्सको अहिलेसम्म कुनै औषधि छैन । 
 

विशेष