मनोरञ्जन

एक ‘ट्रोलर’ ले अभिषेकलाई बडा पाउ बेच्न सल्लाह दिएपछि...

एक ‘ट्रोलर’ ले अभिषेकलाई बडा पाउ बेच्न सल्लाह दिएपछि...

नयाँ दिल्ली । आफ्नो नयाँ फिल्म ‘मनमर्जिया’ लाई लिएर बलिउड अभिनेता अभिषेक बच्चन एक पटक फेरि मजाकको पात्र बनेका छन् । डाक्टर हर्षवर्धन काले नाम गरेका एक व्यक्तिले ट्वीटरमा अभिषेक बच्चनको मजाक उडाउँदै लेखे, ‘मनमर्जियां बक्स अफिसमा फ्लप भइसकेको छ । एक पटक फेरि अभिषेक बच्चनले देखाएकी कि, उनी राम्रो भन्दा राम्रो फिल्म पनि फ्ल्प बनाउनमा माहिर छन् । अब समयय आइसकेको छ, स्टारकिड्स फिल्म खेल्न छोडेर बडा पाउ बेचेर बस्न थाले हुन्छ ।’

 

अभिषेक बच्चनले ती ट्रोलरलाई एक पछि अर्को गर्दै तीनवटा ट्वीट गरेर यस्तो जवाफ दिए कि, ती डाक्टरको बोली नै बन्द भयो । आफ्नो पहिलो ट्वीटमा अभिषेकले लेखे, ‘म बिन्ति गरेर भन्छु कि, यस्तो प्रकारको कमेन्ट गर्नु भन्दा पहिला तपाईंजस्तो ठूूलो डाक्टरलाई सबै तथ्य बुझ्न जरूरी छ । तपाईं आफ्नो बिमारीको उपचार गर्नु भन्दा पहिला पनि यस्तै गर्नुहुन्छ होला । तपाईंलाई ट्वीट गर्नु पहिला फिल्मकोे आर्थिक पाटोबारे पनि जाननकारी लिन जरूरी हुन्छ ।’

 

त्यसपछि अभिषेकले अर्को ट्वीट गरे । जसमा उनले लेखेका छन्, ‘तपाईंको जानकारीको लागि म यो बताइदिन्छु कि बडा पाउ बेच्नेहरूको पनि आफ्नो इज्जत हुन्छ । दोस्रो व्यक्तिको पेसाको इज्जत गर्न सिक्नुहोस् । हामी सबैजना आ आफ्नै पेसामा राम्रै काम गर्छौं ।’

 

तेस्रो ट्वीटमा उनले थपे, ‘आखिर म यो भन्न चाहन्छु कि, बक्सअफिसमा जबरजस्त कमाई गरिरहेको फिल्म स्त्रीमा पनि एक स्टारकिड नै छन् । मेरो यही शुभकामना छ कि, तपाईं एक ट्रेड एनालिस्ट होइन, राम्रो डाक्टर बन्नुहोस् ।’
 

अभिषेक बच्चन

विशेष