खेल

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

काठमाडौं । असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । 

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् । 

थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल ९बङ्गलादेश०, सिल्ला सुलेमाने ९गिनी०, फोफाना ब्राहिमान ९आइभरीकोस्ट० र ओडेह ओलुवासोगो ग्लोरी ९नाइजेरिया०लाई क्लबमा भित्र्याएको छ । 

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स ९नाइजेरिया० र पिटर सेगुन ९नाइजेरिया०, मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी ९नाइजेरिया०, अदेलाजा सोमिडे ओलुवाउम्नी ९नाइजेरिया० र ओलादिपो अफिज ओलावाले ९नाइजेरिया० तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा ९क्यामरुन०, अर्नेस्ट टाम्पी ९क्यामरुन० र म्याक्सेल इलोन ९क्यामरुन०लाई टिममा अनुबन्ध गरेको छ । ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी ९नाइजेरिया०, ताजुदिन अदेकुन्ले बुसारी ९नाइजेरिया० र अबु करिम हामद सिया ९घाना०, हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो ९बुर्किना फासो०, दादी जुनियर वाम्बा ९क्यामरुन० र प्याट्रिक प्रिभाट गोहा ९आइभरीकोस्ट०, जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल ९नाइजेरिया०, अदामा डुम्बिया ९माली० र फोफाना फेडे ९गिनी०, न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने ९क्यामरुन०, मसुद ओपेएमी अग्बोला ९नाइजेरिया० र कुआसी जिन डिडियर इस्मेल योबोए ९आइभरीकोस्ट० र सरस्वती युवा क्लबले सोलो ९नाइजेरिया०, कासी ९नाइजेरिया० र कुलिबाल ९आइभरीकोस्ट०लाई क्लबमा भित्र्याएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । 
––– 
 

‘ए’ डिभिजन लिग

विशेष