मुख्य समाचार

सट्टेबाजका नाइके नागराजमाथि अनुसन्धान सुरु

सट्टेबाजका नाइके नागराजमाथि अनुसन्धान सुरु

काठमाडौं । करोडौंको सट्टेबाजी खेलाउने गिरोहका नाइके अमृत अग्रवाल उर्फ नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ । 

 

 

इन्डियन प्रिमियर लिग (आईपीएल), विश्वकप फुटबल लगायत खेल प्रतियोगितामा उनले करोडौं रुपैयाँको सट्टेबाजी खेलाएको भन्दै विभागले अनुसन्धान थालेको हो ।

 

 

यसअघि उनलाई महागनरीय अपराध अनुसन्धान महाशाखाले ठगी मुद्दामा १० असारमा पक्राउ गरेको थियो । सिफलका राकेश सिंह लगायतका व्यक्तिहरुबाट आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर उनले २ करोड ४० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

 

 

जिल्ला अदालत, काठमाडौंले ३ साउनमा उनलार्इ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि, २१ भदौमा उच्च अदालत, पाटनले ४० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दियो ।
 

नागराज सम्पत्ति शुद्धिकरण विभाग

विशेष