मुख्य समाचार

गृहमन्त्री र भारतीय पेट्रोलियम मन्त्रीबीच भेटवार्ता

गृहमन्त्री र भारतीय पेट्रोलियम मन्त्रीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

 

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।

 


गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

 

उनले नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यत्त गरे । 

 

भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहासिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए ।

 

 

 
दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थसम्बन्धी परियोजनाले दुबै देशका लागि फाइदाजनक रहेको टिप्पणी गरे । भेटमा नेपालका लागि भारतीय राजदुत रणजित राय पनि सहभागी थिए ।

रामबहादुर थापा धमेन्द्र प्रधान

विशेष