मुख्य समाचार

संविधान संशोधन आवश्यक छः नेता पौडेल

संविधान संशोधन आवश्यक छः नेता पौडेल

वीरगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् । 

 

 

कांग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार आयोजित दुई दिने विधान संशोधन एवं सुझाव संकलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए । 

 

 

उनले कांग्रेसले संघीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए । 

 

 

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी रहेको बताइन् । 

रामचन्द्र पौडेल नेपाली काँग्रेस

विशेष