मुख्य समाचार

ऋणको भार थोपर्ने कुनै पनि आयोजना अघि बढाइन्नः ऊर्जामन्त्री पुन

ऋणको भार थोपर्ने कुनै पनि आयोजना अघि बढाइन्नः ऊर्जामन्त्री पुन

काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताएका छन् ।  

 

 

राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा उनले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त गरे । 

 

 

मन्त्रालयका सचिव डा. सञ्जय शर्माले ठेकेदारको क्षमता, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङकनजस्ता विषयले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा प्रारम्भमा केही ढिलाइ भए पनि पछिल्लो समय आयोजनाको प्रगति र अनुगमनसम्बन्धी व्यवस्थामा सुधार आएको जानकारी दिए । 

 

 

समितिको आजको बैठकमा सिक्टा, रानी जमरा, भेरी बबई डाइभर्सन, पश्चिम सेती, बूढीगण्डकी आयोजनाको प्रगति, समस्या र समाधानका उपायका बारेमा छलफल भएको थियो । 

 

 

बैठकमा तत् आयोजनाका प्रमुखले जग्गा अधिग्रहण, मुआब्जा र वनसम्बन्धी अल्झनका कारण आयोजना समयमा पूरा गर्न कठिनाइ भएको हुँदा यस्ता विषयमा नीतिगत निर्णयको आवश्यकता रहेको सुझाव दिएका थिए । 

आयोजना ऊर्जामन्त्री वर्षमान पुन

विशेष