मुख्य समाचार प्रदेश ७

धनगढीमा शुक्रबार पनि तनाव, प्रदेशसभा अगाडि प्रदर्शन

धनगढीमा शुक्रबार पनि तनाव, प्रदेशसभा अगाडि प्रदर्शन

धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि शुक्रबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

 

 

प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । 

 

 

स्थायी राजधानी रहने स्थान र नामाकंनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी बनाउन तथा नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ । 

 

 

प्रदेशसभाको जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकंनका विषयमा प्रस्तुत प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभा बैठकले शुक्रबार प्रदेश राजधानी र नामाकंनको विषयलाई टुङग्याउने बताइएको छ । 

 

 

प्रदेशसभाका सदस्यको दुई तिहाई मतको आधारमा प्रदेशको स्थायी राजधानी र नामाकंनको विषयमा टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

धनगढी प्रदेश नं ७ गोदावरी नगरपालिका

विशेष