मुख्य समाचार

खानेपानीमन्त्री मगर सम्मेलनमा भाग लिन भारत प्रस्थान

खानेपानीमन्त्री मगर सम्मेलनमा भाग लिन भारत प्रस्थान

काठमाडौं । खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् । 

 

 

 

महात्मा गान्धीको १५०औं जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

 

 

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

 

 

उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ । 

नयाँदिल्ली महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन खानेपानीमन्त्री बिना मगर

विशेष