एसिया कपः नेपाल पहिलो खेलमा भारतसँग पराजित

काठमाडौं । बंगलादेशमा शनिबारदेखि सुरु भएको १९ वर्षमुनिको एसिया कप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा भारत यु-१९ टिमसँग पराजित भएको छ ।
नेपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको हो । टस जितेर नेपालले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।
भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गरेको थियो। ३०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३६.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३३ रन बनाउन सक्यो । नेपालले अब आफ्नो दोश्रो खेलमा सोमबार अफगानिस्तानसँग भिड्ने छ ।
एसिया कप भारत यु-१९