मुख्य समाचार

माटोको ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

लमही । माटोको ढिस्कोले पुरिएर दाङमा एकै घरका तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको राप्ती गाउँपालिका-४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 

 

 

राप्ती गाउँपालिका-४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए । 

दाङ मृत्यु माटोको ढिस्को

विशेष