मुख्य समाचार

वर्तमान सरकार श्रमजीवि जनताको पक्षमा छः मन्त्री विष्ट

वर्तमान सरकार श्रमजीवि जनताको पक्षमा छः मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताएका छन् । 

 

 

नेपाल इलेक्ट्रिसियन संघको नवौं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रमा काम गर्ने श्रमिकले अत्यन्त ठूलो जोखिम बहन गरेर काम गर्नुपर्ने भएकाले ती श्रमिकको सुरक्षा र स्वास्थ्यमा सरकारले यथोचित ध्यान दिने बताए ।

 

 

मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताए । 

 

 

बढ्दो शहरीकरणसँगै यस क्षेत्रका प्राविधिकको माग बढ्दै जाने हुँदा धेरै सङ्ख्यामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले पूराना जनशक्तिलाई दक्ष बनाएर अद्यावधिक गरिनुपर्ने बताए । 

 

 

गरीबी, अभाव र बेरोजगारी व्यहोरेको देशलाई सम्पन्न मुलुकका रुपमा परिणत गर्न सीपयुक्त दक्ष जनशक्तिको योगदानको आवश्यकता रहेको बताउँदै उनले भने ‘हामी देशलाई आफ्नै पौरखले बदल्न चाहेका छौ, जिन्दगीलाई आफ्नै मेहनतले सिगार्न चाहेका छौं, समाज र देशलाई बदल्नका लागि कर्ममा विश्वास गर्दछौं, कर्ममार्फत नै हाम्रो भविश्य बदल्छौं, देश बदल्छौ ।’ 

 

 

नेपालीका पौरखी हातले मरभूमिलाई हरियालीमा रुपान्तरण गर्नका लागि सफल भएको बताउँदै नेपालमै श्रम गर्ने पौरखी हात नयाँ नेपाल निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे। 


 

गोकर्ण विष्ट श्रमजीवि जनता साधारणसभा

विशेष