Technology

गाडी कसरी सिक्ने ? थाह पाउनुहोस् यी तरिका

गाडी कसरी सिक्ने ? थाह पाउनुहोस् यी तरिका

काठमाडौं । सबैभन्दा पहिले त गाडीको कुन पार्टले के काम गर्छ भन्ने कुराको ज्ञान हुनुपर्दछ । जस्तै, एक्सिलेटर, क्लज, गियर वा अन्य पार्टको कामबारे थाहा पाएपछि मात्र गाडी सिक्न सजिलो पर्छ ।

 

 

आफूलाई सजिलो हुने गरी गाडीको स्टेरिङ समाउनुपर्छ । सिकारु चालकले स्टेरिङमा राखेको हात चिप्ल्याइरहने गरिरहेका हुन्छन् । त्यसो गर्दा स्टेरिङ कति काटेँ भन्ने कुराको जानकारी नहुन सक्छ ।

 

 

पहिलोपटक चालकको सिटमा बस्दा सिकारुलाई मेरो गाडी सडकजत्रै छ भन्ने कुराको भान पर्न सक्छ । त्यसैले आफ्नो गाडीको साइज कति छ भनेर पनि जानकार हुनुपर्दछ । र, गाडी चलाउँदा आफ्नो साइड च्याप्नुपर्दछ ।

 

 

सिकारु चालकले चलाउँदा गुडिरहेको गाडीको स्टार्ट बन्द भइराख्ने समस्या पनि हुन्छ । चालकले क्लजलाई ब्यालेन्स गर्न नसक्दा त्यस्तो हुन जान्छ । गाडी एक चक्कर लगाउँदासम्म क्लजलाई कन्स्टेन्ट राख्नुपर्दछ ।

 

 

गुडाउँदाभन्दा गाडी ब्याक गर्दा अलि अप्ठ्यारो पर्न सक्छ । सिकारु चालकलाई ब्याक गर्दा स्टेरिङ जता मोडियो गाडी त्यसको विपरीत जान्छ भन्ने भ्रम पर्न सक्छ । तर, त्यस्तो होइन । स्टेरिङअनुसार नै पांग्रा घुम्छ र अगाडिको भाग थोरै विपरीत दिशातिर जान्छ ।

गाडी गाडी कसरी सिक्ने

विशेष