मुख्य समाचार

अब अपराधी पानीमुनि गएपनि उम्किन पाउदैनः मन्त्री बाँस्कोटा

अब अपराधी पानीमुनि गएपनि  उम्किन पाउदैनः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनै पनि अपराधी पानीमुनि लुके पनि उम्कन नसक्ने बताएका छन् ।

 

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भने, ‘कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।’ 

 

 

उनले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घटना घटेको बताए । मन्त्री बाँस्कोटाले सूचना–प्रविधिको विकाससँगै विकृत रुपमा आएको अश्लील साइटले आपराधिक घटनामा बढोत्तरी भएको बताए । उनले भने, ‘अपराधिक घटना घटाउन अश्लील साइटले उत्प्ररित गर्यो, यसकारण आठ हजार अश्लील साइट बन्द गरिसक्यौं ।’ 

 

 

समाजका सबै सभ्य नागरिक भए कुनैपनि अपराधिक घटना नहुने भएकाले प्रत्येक नागरिक स्वाभिमानपूर्वक आफ्ना गतिविधि गर्नुपर्ने बताए ।

 

 

मन्त्री बाँस्कोटाले मुलुकका अझैपनि ६९ गाउँपालिका टेलिफोनविहीन रहेकाले एक वर्षभित्र ती क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने आफ्नो जिम्मेवारी भएको बताए । 

 

 

मन्त्री बास्कोटाले आजै बनेपा नपा–६ बुडोलमा अवस्थित काभे्र बहुमुखी क्याम्पसमा रहेको वाङ्मय पुस्तकालयका लागि क्याम्पस व्यवस्थापन समितिका सदस्य राजभाई प्रधानद्वारा व्यक्तिगत रुपमा रु ४५ लाखको लागतमा निर्मित दिव्यलक्ष्मी स्मृति भवनको शिलान्यास पनि गरे । रासस

गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री काभ्रेपलाञ्चोक

विशेष