मुख्य समाचार

गृहमन्त्री भन्छन्, ‘अदालत भित्रका दलाललाई कारवाही नगरेसम्म समृद्धि सम्भव छैन’

गृहमन्त्री भन्छन्, ‘अदालत भित्रका दलाललाई कारवाही नगरेसम्म समृद्धि सम्भव छैन’

बुटवल । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अदालतभित्रका दलाललाई कारवाही नगरेसम्म नेपालमा समृद्धि र समाजवाद सम्भव नरहेको बताएका छन् । लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानको प्रदेश नं ५ मा उद्घाटन गर्दै गृह मन्त्री बादलले यस्तो बताएका हुन् । 

 

 

उनले वर्तमान सरकारको समृद्धि र विकाससँगै समाजवादको मार्गमा मुख्य शत्रु राजनीतिक दल, कर्मचारी संयन्त्र, अदालतभित्रका दलालका कारण समस्या भएको बताउँदै यिनीहरु नै जनताका शत्रु रहेको र यिनलाई कारवाही नगरेसम्म समृद्धि र समाजवाद सम्भव नरहेको बताए । 

 

 

सरकारले शुरु गरेको  महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान समाजमा रहेको सबै किसिमका अपराध र अपराधीविरुद्धको अभियान भएको बताउँदै उहाँले यस अभियानलाई जनता मिलेर सफल बनाउने मुख्य अभिभारा रहेको बताए । 

 

 

उनले अपराधका घटना नियन्त्रणका लागि मन्त्रालयले विशेष योजनासहित राज्यका जनप्रतिनिधि रहेका तल्लो तहसम्म गएर कार्यान्वयन गर्ने र सबै तहमा राज्यका जनप्रतिनिधिले नागरिक समाज, जनतालाई समेटेर अभियान थाल्न निर्देशन दिए । 

 

 

गृहमन्त्री थापाले समतामूलक समाज निर्माणमा प्रमुख बाधकका रुपमा अझै पनि समाजमा रहेका दलाल, पूँजीपति र सामन्तवर्गलाई पहिचान गरेर समृद्धिको बाटोबाट हटाउन आवश्यक रहेको बताए । 

 

 

प्रदेशस्तरीय कार्यक्रमका रुपमा आज प्रदेश ५ बाट शुरु भएको यो अभियान सातवटै प्रदेशमा शुरु गरिने गृह मन्त्रालयले जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापा अदालत समृद्धि र समाजवाद

विशेष