नांगो फोटो पत्रिकामा छपाउने लक्ष्मीलाई उनका हाकिमले धेरै माया गर्थे (भिडियोसहित)
काठमाडौं । शुक्रबार साप्ताहिकमा नांगो फोटो प्रकाशन गर्न अनुमति दिएर विवादमा तानिएकी कैलालीकी लक्ष्मी आचार्य आफूलाई गायिका हुँ भन्ने गर्छिन् । उनका एकाध गीत बजारमा आएका पनि छन् ।
कैलालीमा एक गरिब परिवारमा जन्मेकी लक्ष्मीले प्लस टुसम्मको अध्ययन गरेकी छन् । केही महिनाअघि नेपालआजसँगको भिडियो अन्तर्वार्ताका क्रममा उनले आफू टिम्बर कर्पोरेसनको जागिर हुँ भनेकी थिइन् । त्यसो भनेको मितिमा उनले टिम्बरको जागिर छाडेको एक वर्षभन्दा बढी भइसकेको थियो ।
लक्ष्मीले आफूलाई कार्यालयका हाकिमले अत्यन्त माया गर्ने कारणले जागिर छाड्न नसकेको बताएकी थिइन् । उनले अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘मलाई हाकीम सरले माया गर्नु हुन्छ । उहाँले जागिर छाड्न दिनुहुन्न । तिमी कार्यालय आइमात्रै दिए पनि पुग्छ, काम गर्नु पर्दैन भन्नु हुन्छ । त्यही भएर मैले जागिर छाडेकी छैन ।’
नांगो फोटा पत्रिकामा छपाएपछि उनको अहिले आलोचना भइरहेको छ । प्रकाशित गर्ने पत्रिका पनि आलोचनाबाट मुक्त छैन । एकातिर महिला बालिका बलात्कारको बिरोधमा सम्पादकीय लेख्ने अर्कोतिर महिलाको नांगो फोटो छाप्ने भन्दै पत्रिकाको विरोध भएको हो ।
जति आलोचना भएपनि लक्ष्मीलाई लाज लाग्ने कुरा अब रहेन । किनभने नांगो फोटो नै पत्रिकामा छापिसकेपछि लाज लाग्नु पर्ने अब केहीमा पनि बाँकी रहेन ।