मुख्य समाचार

प्रदेश राजधानी विवादः धनगढीमा अनिश्चितल आम हड्ताल

प्रदेश राजधानी विवादः धनगढीमा अनिश्चितल आम हड्ताल

धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि फेरि आम हड्ताल सुरु भएको छ । प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ तोकिएको विरोधमा  शनिबारदेखि फेरि धनगढीमा आम हड्ताल सुरु भएको हो ।

 

 

जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । यातायात, बजार पूर्ण रुपमा बन्द गरिएका छन भने बजारमा अटो रिक्सा समेत चल्न नदिदा सर्वसाधारण मारमा परेका छन् ।

 

 

बन्दकर्ताहरु विभिन्न चौकचौकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । धनगढी नागरिक समाजले आम हड्ताल घोषणा गरेको हो । बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेको थियो । तर, शुक्रवार संसद बैठकले प्रतिपक्षी दलको बहिष्कारका बावजुत प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको छ ।

 

 

बन्दकर्ताहरुले धनगढीमा अस्थायी राजधानीका लागि करोडौं रुपैयाँ खर्च भइसकेकोले गोदावरीमा जंगल मासेर राजधानी नबनाउन आग्रह गरिरहेका छन् ।

धनगढी आम हड्ताल गोदावरी

विशेष