मुख्य समाचार

भारतीय पेट्रोलीयम मन्त्रीको आश्वासन- तीन वर्षभित्र नेपालमा पाइप लाइनबाट तेल आउँछ

भारतीय पेट्रोलीयम मन्त्रीको आश्वासन- तीन वर्षभित्र नेपालमा पाइप लाइनबाट तेल आउँछ

धनुषा । भारतीय सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले नेपालमा तीन वर्षभित्र पाइप लाइनबाट तेल आउने बताएका छन् ।

 

 

शनिबार बिहान जानकी मन्दिर दर्शनका लागि जनकपुर पुगेका मन्त्री प्रधानले काममा राम्रो प्रगति देखिएकाले तीन वर्षभित्र नेपाली नागरिकका लागि पाइपलाइनबाट सहजरुपमा तेल आउने बताएका हुन् । साथै, उनले भारतबाट निर्वाद रुपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताए । 

 

 

मन्त्री प्रधानले नेपाली नागरिकको सुविधाको लागि निर्बाध रुपमा पेट्रोल पठाउन मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम भइरहेको बताए ।

 


 
‘अहिलेसम्म ट्यांकरमा तेल आयात भइरहेको छ । प्राकृतिक विपदको बेला पेट्रोल आयत गर्न समस्या हुन्छ’, मन्त्री प्रधानले भन्नुभयो ‘इण्डिया आयल कर्पोरेशनको ३ सय २२ करोडको लगानीमा धमाधम पाइपलाई निर्माण भइरहेको छ । 

 

 

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेको ६९ किलोमिटर पाइपालाइन निर्माणको कार्यको समीक्षा गर्न आफू दुईदिने भ्रमणमा नेपाल आएको मन्त्री प्रधानले जानकारी गराए।

 

 


भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानसँगै जनकपुर आएका नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुनथालेपछि आयल निगमको क्षेत्रमा रहेको सबै प्रकारको विकृति र झन्झट हट्ने बताए । 

मातृकाप्रसाद यादव प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान

विशेष