मनोरञ्जन

शाहरुख र ऐश्वर्या एसियाका सय प्रभावशाली व्यक्तिको सूचीमा

शाहरुख र ऐश्वर्या एसियाका सय प्रभावशाली व्यक्तिको सूचीमा

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या राय एसियाको एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

 

 

ऐशि‍यन जि‍योग्राफिक पत्रिकाले सार्वजनिक गर्ने एसियाको सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा बलिउडका यी दुई कलाकारको नाम पनि समावेश भएको हो ।

 

 

पत्रिकाले शाह‍रुख र ऐश्वर्यालाई सम्मानित पनि गरेको छ । दुवै कलाकारलाई उक्त पत्रिकाको पहिलो पृष्ठमा स्थान मिलेको छ ।

 

 

प्रभावशाली व्यक्तिको यो सूचीमा शाहरुख र ऐश्वर्या बाहेक क्रिकेटर सचिन तेंदुलकर, कारोबारी मुकेश अंबानी, अर्थशास्त्री अमर्त्य सेन, महिला व्यवसायी किरण मजूमदार र लेखक अरुंधती रॉय को नाम पनि छ ।

शाहरुख खान ऐश्वर्या राय

विशेष