मुख्य समाचार

निर्मला पन्तको हत्या छानबिन समितिका सदस्य केसीमाथि आक्रमण

निर्मला पन्तको हत्या छानबिन समितिका सदस्य केसीमाथि आक्रमण

कैलाली । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।

 

 

 

छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएपछि आइतबार धनगढी फर्केका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो ।

 

 

 

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा १ झ ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा  आक्रमण भएको हो । उपसचिव केसीका अनुसार गाडीको पछाडीको पुरै सिसा फुटेको छ । तर, उनलाई भने चोट लागेको छैन । 

निर्मला पन्त वीरेन्द्र केसी

विशेष