मुख्य समाचार

कांग्रेसलाई अरुले हराएको होइन आफ्नै कार्यक्रताले हराएः उपसभापति निधि

कांग्रेसलाई अरुले हराएको होइन आफ्नै कार्यक्रताले हराएः उपसभापति निधि

तुलसीपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको अन्तरविरोधका कारण कांग्रेसले निर्वाचनमा पराजय भोग्नुपरेको बताएका छन् । 

 

कांग्रस राप्ती गाउँपालिकाले दाङको मौरीघाटमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले तीन तहको निर्वाचन अन्तरविरोध तथा व्यक्तिगत स्वार्थले गर्दा हार्नु परेको भन्दै पार्टीले हारे पनि देशले भने जितेको तर्क गरे । 

 

‘संविधान निर्माणदेखि तीनवटै तहको निर्वाचन गराउन हामी सफल भएका छौं, पार्टीले हारेको छ तर देशले जितेको छ’, उनले भने । निधिले अब सबै अन्तरविरोधलाई मेटाउँदै पार्टीलाई पहिलो पार्टी बनाउनेतर्फ लाग्न कार्यकर्तालाई आह्वानसमेत गरे । 

 

फरक प्रसङ्गमा उपसभापति निधिले देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार, हत्या, महङ्गी, करवृद्धि सबैको मार जनताले खेपिरहेको भन्दै उनले अब सडक र सदनबाट त्यस्ता गतिविधि अन्त्यका लागि काङ्ग्रेसले आवाज उठाउने जानकारी दिए । 

नेपाली काँग्रेस विमलेन्द्र निधि

विशेष