मुख्य समाचार

महिलामाथि भइरहेका घटनामा सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री

महिलामाथि भइरहेका घटनामा सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले महिला तथा बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका छन् । 

 

 

आइतबार राजधानीमा ‘दोस्रो नेपाल बालिका सम्मेलन’ उद्घाटन गर्दै पोखरेलले बालिकामाथि भइरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका हुन् । 

 

 

कार्यवाहक प्रधानमन्त्री पोखरेलले दोषीलाई कानुनी कारबाही गर्न सरकारले पहल गरिरहेको दाबीसमेत गरे । उनले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागी परेको स्पष्ट पारे । 

 

 

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनीकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरेकी छन्।

 

 

‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनीकरणका लागि महत्वपूर्ण योगदान पुर्याएने अपेक्षा गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री रक्षामन्त्री इश्वर पोखरेल

विशेष