खेल

एसिया कप छनोटः मंगलबार नेपालको भाग्य परिक्षण !

एसिया कप छनोटः मंगलबार नेपालको भाग्य परिक्षण !

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र हङकङ भिड्ने भएका छन् । 

 

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (यूएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । 

 

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । 

 

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ यूएई दोस्रो स्थानमा छ । मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् । 

एसिया कप छनोट क्रिकेट प्रतियोगिता नेपाल भर्सेस हङकङ

विशेष