मनोरञ्जन

बलिउडका यी कोरियोग्राफरलाई ज्यान मार्ने धम्की

बलिउडका यी कोरियोग्राफरलाई ज्यान मार्ने धम्की

नयाँ दिल्ली । बलिउडमा लगभग दुई दशकदेखि कोरियोग्राफीगर्दै आएका गणेश आचार्यलाई ज्यान मार्ने धम्की आएको छ । गणेशले मुम्बईको अम्बोली प्रहरी चौकीमा गएर यसबारे उजुरी दिएका छन् । आचार्यको अनुसार, ‘फेडेरेसन अफ सिने आर्टिस्ट एसोसियसन’ का दुई व्यक्तिले उनलाई ज्यान मार्ने धम्की दिएका हुन् । गणेशले ती डान्सरहरुको समर्थन गरेका थिए जो फेडेरेसनले तलब भत्ता नदिएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसै सिलसिलामा अब गणेशलाई धम्की आइरहेको छ । 

 

गणेशले केही समयमात्र ८५ किलो वजन घटाएर सबलाई चकित पारेका थिए । यसअघि  गणेशको तौल २०० किलोसम्म पुगेको थियो ।  त्यत्ति धेरै तौल हुँदा पनि उनी ‘डान्स’ गर्थे । अहिले तौल घटेपछि नाच्ने गर्ने शक्ति झनै बढेको महशुश  भएको छ उनलाई ।

 

गणेशले फिल्म ‘भाग मिका भाग’को गीत ‘हवन करेंगे’ मा गरेको कोरियोग्राफीले राष्ट्रिय अवार्ड पनि पायो । उनले अहिलेसम्म बडिगार्ड, सिंघम, एबिसिडि, बाजिराओ मस्तानी, मे तेरा हिरो, रामलीला, ये जवानी हे दिवानी, चस्मे बदुर, दबंग २, खेलाडी ७८६, सल अफ सरदार लगायतका थुप्रै हिट फिल्महरुमा कोरियोग्राफी गरिसकेका छन् ।  
 

गणेश आचार्य

विशेष