मुख्य समाचार

नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट प्रहरी बनाउँछु- आइजीपी खनाल

नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट प्रहरी बनाउँछु- आइजीपी खनाल

कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको काठमाडौं सोमबार उद्घाटन गर्दै उनले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिए । 

 

प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउने काममा प्रहरी पूर्णरुपमा चनाखो हुनुपर्छ भन्दै भन्दै प्रहरीप्रति नागरिकको भरोसालाई कायम राख्न कुनै कसर बाँकी नराख्न मातहातका सबैलाई निर्देशन दिए । 

 

प्रहरीले एक्लै शान्ति सुव्यवस्था कामय राख्न तथा अपराध नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले यस कार्यमा नागरिकको सहयोग अपरिहार्य भएको बताए । 

 

प्रहरी महानिरीक्षक खनालले नागरिक पनि बिना बर्दीको प्रहरी भएको बताउँदै समाजमा हुने विकृति, विङ्गतिलाई हटाउनमा पनि नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए ।

 

 ‘कानुनको नजरमा साना र ठूला कोहि हुँदैन्, सबै सम्मान हुन्, त्यसैले प्रहरीले सबै नागरिकलाई सम्मानका साथ व्यवहार गर्नुपर्छ’, उनले भने । 

 

महानिरीक्षक खनालले बेखाबखतमा प्रहरीमा हुने गरेको राजनीतिक हस्तक्षेपलाई पूर्णरुपमा निस्तेज नगरेसम्म नागरिकले चाहेको जस्तो न्याय सम्पादन हुन नसक्ने हुँदा प्रहरीमा राजनीतिक हस्तक्षेपलाई रोक्नुपर्नेमा जोड दिए । 

 

नागरिकको प्रहरीप्रति सहयोग र सद्भाव रह्यो भने विश्वकै उत्कृष्ट प्रहरी नेपालको प्रहरीलाई बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। सो अवसरमा बारा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र प्रदेश नं २ का प्रहरी प्रमुख दिनेश अमात्यले अपराध नियन्त्रणमा स्थानीय प्रहरी प्रशासन दृढतापूर्वक लाग्ने बताए । 

 

दुई करोड ९५ लाख छ हजार रुपैयाँ ७१७ को लागतमा कार्यालय भवन तथा दुई करोड ९५ लाख ९५ हजार ७३८ रुपैयाँको लागतमा व्यारेक र हिरासत भवन निर्माण भएको प्रहरी प्रवक्ता रञ्जीतसिंह रठौरले जानकारी दिए ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीका महानिरीक्षक

विशेष