मुख्य समाचार

बिम्स्टेकका कारण सार्कको महत्व घटेको छैन- सभापति देउवा

बिम्स्टेकका कारण सार्कको महत्व घटेको छैन- सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । 

 

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए । 

 

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै सभापति देउवादे सार्कको पनि आफ्नै महत्व रहेको बताए । उनले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताए । 

 

सभापति देउवाले चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्नेसमेत बताएका छन् । मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिए । 

 

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उनले भने, ‘प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।’ 

 

सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकारको कमजोरी रहेको आरोप लगाए । अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनु पर्नेमा पनि उनले जोड दिए । 

शेरबहादुर देउवा नेपाली काँग्रेस चितवन

विशेष