गौरा पर्वले नेपालको विशिष्ट पहिचान झल्काएकाे छः प्रधानमन्त्री
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् ।
प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले याे पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए ।
उनले नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको जानकारी दिए ।
‘नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।’
केपी शर्मा ओली गौरा पर्व