मुख्य समाचार

साफ च्याम्पियनसीपः नेपाल र पाकिस्तान भिड्दै (अपडेट)

साफ च्याम्पियनसीपः नेपाल र पाकिस्तान भिड्दै (अपडेट)

भदौ १८ । साफ सुजुकी कप २०१८ को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल सुरु भएको हो ।

 


नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । तर, पाकिस्तानलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन । किनभने नेपाल इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यु २३ फुटबलमा २-१ गोलअन्तरले पराजित भएको थियो ।

 

पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।

 

नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो । 

 

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । पाकिस्तानसँग खेल्ने नेपालको प्लेइङ इलाभेनमा पहिलो पटक राष्ट्रय टिममा परेका सुमन अर्यालले डेब्यु गर्दै छन् ।

नेपालको प्लेयिङ इलाभेन

गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर- आदित्य चौधरी, सुमन अर्याल, विराज महर्जन, अनन्त तामाङ
मिडफिल्डर- हेमन्त थापा मगर, रोहित चन्द, विमल घर्तीमगर, सुजल श्रेष्ठ
फरवार्ड- भरत खवास र नवयुग श्रेष्ठ

विशेष