मुख्य समाचार

नेकपा अध्यक्ष प्रचण्ड किन जाँदैछन् भारत ? कारण यस्तो छ

भारत भ्रमण

नेकपा अध्यक्ष प्रचण्ड किन जाँदैछन् भारत ? कारण यस्तो छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शिर्ष नेता विदेश रहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भारत भ्रमणमा निस्कीने भएका छन् । 

 

उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। भारत फिर्ता फर्किएको तीन दिनपछि प्रचण्ड अर्को छिमेकी देश चीनको भ्रमणमा जाने कार्यक्रम तय छ ।

 

दुबै छिमेकी मुलुकले नेकपाका अध्यक्षसँग छलफल गर्ने इच्छा राखेकाले भारत र चीन जान लागेको प्रचण्डले बताएका छन् । ‘भारत भ्रमण भनेपछि धेरेले शंका गर्छन्’ खुमलटारस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, राष्ट्रिय हित र विकास निर्माण बाहेक अरु केही एजेण्डा छैन ।’

 

प्रचण्डले शुक्रबार विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । आईसीडब्लूएको निमन्त्रणमा भारत जान लागेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीका साथै राजनीतिज्ञ, बुद्धिजिवीहरुलाई पनि भेट्नेछन् । प्रचण्ड २६ गते फर्कने छन् । 

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष