मुख्य समाचार

साफ च्याम्पियनसिपः नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित

साफ च्याम्पियनसिपः नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित

काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भएको छ । यसअघि खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका थिए । 

 

तर, अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजीत हुन पुग्यो । पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे । नेपालले पेनाल्टीमा गोल खाएर १-० ले पछि परेको थियो ।

 

निर्धारित समयभरि नेपालले म‌गलबार एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको छ । नेपालले अब बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

 

बंगलादेश साफ च्याम्पियनसिप नेपाल र पाकिस्तान

विशेष