चर्चित गायक कुमार सानुविरुद्ध मुद्दा दर्ता !
विहार । भारतीय चर्चित गायक कुमार सानुविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार राति अवेरसम्म ‘लाइभ शो’ गरेको अभियोगमा बिहारको मुजफ्फरपुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
विहारमा राती १० बजेसम्म मात्रै लाउडस्पीकरको प्रयोग गर्न अनुमति छ तर कुमार सहभागी एक सांगितीक कार्यक्रम बिहानसम्म चलेको थियो ।
कुमार सानुविरुद्ध स्थानीय मानिसहरुले प्रहरीमा मुद्धा दर्ता गराएका हुन् । गायक कुमारले विहारको मुजफ्फरपुरमा एउटा स्कूलको कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए ।