हङकङ विरुद्ध नेपालकाे कमजाेर प्रदर्शन, नेपालले तेस्रो विकेट गुमायाे
एसिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए ।
हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने दबाबमा रहेको नेपालले खराब सुरुवात गरेको छ । मलेसियाको यूएम वाइएसडी स्टेडियममा नेपालका ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए ।
एकपछि अर्का भरपर्दा ब्याटसम्यान गुमाएपछि नेपाल दबाबमा छ । चिसो मैदानका कारण ढिलोगरी सुरु गरिएको खेलमा हङकङले उत्कृष्ट बलिङ गरिरहेको छ ।
हङकङलाई फराकिलो अन्तरले पराजित मात्र होइन ओमान र यूएईबीचको नतिजाले नेपालको अर्को चरणको यात्रा निर्धारण गर्नेछ । ओमान बायुमास ओभलमा टस जितेर युएईविरुद्ध बलिङमा छ । २५ ओभरको समाप्तिमा यूएईले ४ विकेटको क्षतिमा ९२ रन बनाएको छ ।
एसिया कप छनोट क्रिकेट