खेल मुख्य समाचार

नेपालको छैंटाे विकेट पतन, सागर पुन ७ रनमा आउट

नेपालको छैंटाे विकेट पतन, सागर पुन ७ रनमा आउट

काठमाडौं । एसिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ । चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई १२ रनमा गुमाएको नेपालले पाँचौं विकेटका रुपमा भरपर्दा युवा खेलाडी दिपेन्द्रसिंह ऐरीलाई २ रनमा र सागर पुनलार्इ ७ रनमा गुमाएकाे छ । अहिले नेपालले २०.४ अाेभरमा ६ विकेट गुमाउँदै जम्मा ५५ रनमात्र जाेडेकाे छ ।


यसअघि ओपनर अनिल शाह १५ र कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए । हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने दबाबमा रहेको नेपालले खराब सुरुवात गरेको छ । 

 

मलेसियाको युएम वाइएसडी स्टेडियममा नेपालले पहिलो विकेटका रुपमा ओपनर सुबास खकुरेललाई शून्य रनमा गुमाएको थियो । 

 

एकपछि अर्का भरपर्दा ब्याटसम्यान गुमाएपछि नेपाल दबाबमा छ । अर्को खेलमा ओमान बायुमास ओभलमा टस जितेर यूएईबिरुद्ध बलिङमा छ । ३३ ओभरको समाप्तिमा यूएईले ५ विकेटको क्षतिमा १ सय २९ रन बनाएको छ । 

एसिया कप छनोट

विशेष