५८ रनमा साताैं खेलाडीकाे पतन, गर या मरको खेलमा नेपाल
काठमाडौँ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र हङकङ भिडिरहेका छन् ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गरिरहेको छ । समाचार तयार पार्दा २४ ओभरको खेल समाप्त हुँदा नेपालले मात्र ५८ रनमा ७ विकेट गुमाइसेको छ ।
सातमध्ये चार खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । अनिल कुमार साहले सर्वाधिक १५ रनको योगदान दिए भने कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रनको योगदान दिएका छन् ।
चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।