नेपालले हङकङ विरुद्ध खराब ब्याटिङ गर्याे, ९५ रनमै अलआउट
काठमाडौं । एसिया कप छनोट अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङ विरुद्ध खराब ब्याटिङ गर्दा ९५ रनमा अलआउट भएको छ।
युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन। हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भएको हो।\
नेपालको लागि आरिफ शेखले १८, ओपनर अनिल कुमार शाहले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए।
सागर पुन ७ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने २-२ रन बनाएर आउट भए। ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता समेत खोल्न सकेनन्। बसन्त रेग्मी १५ रनमा नटआउट रहे।
नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७.५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। यस्तै तनवि अफजल र अइजाज खानले २-२ विकेट लिए।