मुख्य समाचार

लोकतन्त्रको जग बलियो बनाउनुपर्छः पूर्वराष्ट्रपति यादब

लोकतन्त्रको जग बलियो बनाउनुपर्छः पूर्वराष्ट्रपति यादब

तनहुँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताएका छन् । 

 

व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको बुधबार यहाँ एक समारोहबीच उद्घाटन गर्दै उनले भने, ‘लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।’

 

पूर्वराष्ट्रपति डा. यादवले बहुउद्देश्यीय भवन निर्माणले यहाँको विकासमा ऊर्जा थपेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि पर्यावरण र सम्पदालाई जर्गेना गरी कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए । 

 

तीनवटै तहका जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्नुपर्ने पनि उनले बताए । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीहरुलाई विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्नेमा जोड दिदैं आत्मनिर्भर हुनका लागि कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताए । 

 

पूर्वराष्ट्रपति डा. रामवरण यादव

विशेष