‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित जितु
काठमाडौँ । चर्चित हास्यकलाकार जितु नेपाल मंगलबार ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित भएका छन् । शीतल निवासमा आयोजित समारोहमा उनी राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा विभुषित भएका हुन् ।
उक्त पदकबाट सम्मानित भईसकेपछि उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो नाम सिफारिस गर्नेदेखि परिवार शुभचिन्तक सबैलाई धन्याबाद व्यक्त गरेका छन् । यसपश्चात उनलाई अहिले सामाजिक सञ्जालहरुमा बधाईको ओईरो लागेको छ ।
गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरुको नाम घोषणा गरिएको थियो । राष्ट्रको गौरव एवं नेपाली जनताको हक हितका अभिवृद्धिमा उल्लेखनिय भुमिका निर्वाह गरेकाले उनलाई विभुषित गरिएको थियो ।
हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’ मा मुन्द्रेको चरित्रबाट रातारात चर्चामा आएका जितु पछिल्लो समयमा ‘छक्का पञ्जा’ सिरिजमा निर्माता र कलाकारको रुपमा आबद्ध रहेका छन् । उनको नयाँ फिल्म रामकहानी यही शुक्रबारबाट प्रदर्शनमा आउँद्रैछ ।
जितु