मुख्य समाचार

अख्तियारको प्रमुखमा घिमिरेको नाम सिफारिश

अख्तियारको प्रमुखमा घिमिरेको नाम सिफारिश

काठमाडौ । संवैधानिक परिषद्को बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । 

 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले आयोगका आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । 

 

प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त भएका थिए ।

 


बुधबारको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नवीनकुमार घिमिरे

विशेष