मुख्य समाचार

ऊर्जामन्त्री पुन बंगलादेश प्रस्थान

ऊर्जामन्त्री पुन बंगलादेश प्रस्थान

काठमाडौ । बंगलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

 

बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्ने छन् ।

 

यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बंलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्ने छन् । नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

बंगलादेश वर्षमान पुन ‘अनन्त’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

विशेष