मुख्य समाचार

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बादलले पेश पाँच प्रतिवेदन

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बादलले पेश पाँच प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको बैठकमा पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

 

उनले बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३÷७४ को सत्ताइसौँ वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

 

त्यसैगरी, नेपाल सरकारको आव २०७३÷७४ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७३÷७४ को नेपाल सकरारको वार्षिक प्रतिवेदन पेश गरे । 

 

बुधबारको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन, महान्यायाधिवक्ताको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल प्रतिनिधिसभाको बैठक

विशेष