महेश भट्टको नयाँ फिल्मको पोस्टरलाई चोरीको आरोप
नयाँ दिल्ली । बलिउड निर्देशक महेश भट्टको आउँदै गरेको फिल्म ‘जलेबी’ को नयाँ पोस्टर निस्किन नपाउँदै विवादमा परेको छ । ट्वीटरमा ‘जलेबी’ को पोस्टरसँगै अर्को फोटो पनि सेयर गरिएको छ । उक्त फोटोमा एक सैनिक र महिलाले चुम्बन गरिरहेको देखाइएको छ ।
उक्त ब्लाक एण्ड ह्वाइट फोटोलाई लस एन्जलस टाइम्सका फोटोग्राफर फ्रैंक ओ ब्रायनले सन् १९५० मा एक सैनिक कोरियन युद्धमा जाने समयमा खिचेका हुन् । त्यस फोटोमा सैनिक रोबर्ट माये थिए जो आफ्नी पत्नी ग्लोरियालाई चुम्बल गरिरहेका देखिन्छन् । रोबर्ट १६० इन्फेन्ट्रि रेजीमेन्टमा सैनिक थिए ।
फिल्म ‘जलेबी’ को पोस्टर पनि १९५० को त्यो तस्विरसँग मिल्दो देखिन्छ । केतिपयले उही पोस्टरको चोरी गरेर बनाइएको आरोपसमेत लगाएका छन् । टलिउड फिल्ममा पनि त्यस्तै पोस्टर प्रयोग भएको देखिन्छ । त्यसमा भने ट्रेनको साटो बसको झ्यालबाट खिचिएको छ ।
फिल्म ‘जलेबी’ मा रिया चक्रवती सँगै वरुण मित्राको पनि मुख्य भूमिका रहेको छ । यो वरुणको डेब्यु फिल्म हो । फिल्म यही १२ अक्टोबर, २०१८ मा रिलिज हुने बताइएको छ ।