मनोरञ्जन

९५ वर्षीय अभिनेता दिलिप कुमार यस्तो अवस्थामा देखिए, मुम्बईको लीलावती अस्पतालमा भर्ना 

९५ वर्षीय अभिनेता दिलिप कुमार यस्तो अवस्थामा देखिए, मुम्बईको लीलावती अस्पतालमा भर्ना 

नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई मंगलवार रातिदेखि मुम्बईको लीलावती हस्पिटलमा भर्ना गरिएको छ । 

 

यसअघि २०१८ फेबरवरी को दौरानमा नै दिलीप कुमारको स्वास्थ्य अवस्था विग्रेको थियो । उनको स्वास्थ्य लाभको लागी शाहारुख खान सधैँ उनको साथमा थिए । अगस्ट, २०१७ मा उनको किड्नीमा समस्या भएकोले उनी एक हप्तासम्म हस्पिटलमा भर्ना पनि भएका थिए । उनी फेरी नोबेम्बर, २०१७ मा माईल्ड निमोनियाको शिकार बने जसमा डाक्टरले उनलाई घरमै आराम गर्ने सल्लाह दिएका थिए । 

 

दिलीप कुमारको वास्तविक नाम युसुफ खान हो । तर उनलाई धेरैले ‘ट्राजिडी किंग’ को नामले पनि चिन्ने गर्छन् । कुमारको जन्म ११ डिसेम्वर, १९२२ मा पेशावरमा भएको हो । उनको परिवार सन् १९३० मा मुम्बईमा बसाई सरेर गएको थियो । करिब ६ दशक भन्दा लामो फिल्मी करियरमा उनले ज्वार–भाटा, गंगा जमुना, अन्दाज , दाग , देवदान, आदा , या दौर , मधुमति, कोहिनूर , राम और श्याम जस्ता फिल्ममा काम गरेका छन् । 

 

मुगल–ए–आजम उनको करियरको सफल फिल्ममध्यको एक फिल्म हो । उनले सन् १९७६ मा चलचित्र जगतबाट सन्यास लिएका थिए । सन् १९८१ मा उनी फिल्म ‘क्रान्ति’ मा क्यारेक्टर रोलमा आए । यसपश्चात उनले फेरी कर्मा , शक्ति , सौदागर जस्ता फिल्ममा काम गरे । 

 

कुमारले उनका उत्कृष्ट ९ फिल्मबाट अवार्ड जितेका थिए । उनले फिल्म ‘दाग’ बाट बेस्ट एक्टरको अवार्ड पनि पाएका थिए । उनी सन् १९९१ मा पद्य भुषण र सन् २०१५ मा पद्य विभुषणबाट सम्मानित भएका थिए । त्यस्तैगरि सन् १९९७ मा पाकिस्तान सरकारले उनलाई निशान–ए–इम्तियाजबाट पनि सम्मान ग-यो । 

 

दिलीप कुमारको नाम लामो समयसम्म मधुवालाको नामसँग जोडिएको थियो । तर उनले मधुबालासँग विवाह गरेनन् । अन्तत दिलीप कुमारले मे २२ मा सायरा बानूसँग विवाह गरे । 
 

दिलीप कुमार

विशेष