प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
काठमाडौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।
शुक्रबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण गराए । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास दिलाए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राजनाथ सिंह