ब्वायफ्रेन्डसँग बेडमा हुँदा उसले ‘तिमी त नटी छौं’ भन्थ्यो (भिडियाेसहित)
काठमाडौं । नेपाली सिने नगरीमा ‘हटिनटि अनुपम श्रेष्ठ’ लाई नचिन्ने सायदै कम छन् । नेपाली कला क्षेत्रमा जम्दै गरेका श्रेष्ठले ठूला ब्यानरका ‘तिमी सँग’, ‘म त तिम्रै हूँ’, ‘जय शम्भो’ लगायत फिल्ममा काम गरिसकेका छन् । राजविराजको सप्तरीमा जन्मिएका अनुपमकोे परिवारमा सुरुमा नै दुईजना छोरा भइसकेका थिए । दुबै छोरा भएपछि उनका बुवाआमाबीच छोरी पाउने भन्नेबारे सल्लाह भएछ । हटिका बुवालाई छोरीको एकदमै ठूलो रहर । पछि ‘अल्ट्रा साउन्ड’ गर्दा छोरा भएको थाहा भएपछि दुई दम्पत्तीले ‘क्युरेथ’ गर्ने कि भनेर पनि सोचेछन् । किनकि छोरा त दुईटा नै छँदै थिए । उनीहरूलाई चाहिएकोे थियो छोरी ।
तर, राजदरबारका एकजना गुरु मंगलराज जोशीले, ‘यो बच्चा जन्मने बित्तिकै तपाईंको जगिरमा सरुवा हुन्छ’ भनेर भनेका रहेछन् । अनुपमका बावु भन्सारमा जागिरे थिए । त्यो समय उनको पोस्टिङ राजविराज, सप्तरीमा थियो । नभन्दै अनुपमको जन्मपछि पनि चमत्कार नै भयो । अनुपमको पास्नी (जन्मेको ६ महिनामा गरिने कार्य) सकिने बित्तिकै उनका बावुको काठमाडौं सरुवा भयो ।
सपरिवार काठमाडौं आए । बढ्दैै जाँदा उनकी आमाले पनि अनुपमलाई छोरीलाई जस्तै व्यवहार गर्थिन् । छोरीको रहर जो थियो उनमा । ख्यालठट्टामा छोरीको लुगा लगाइदिने, नक्कल पारिदिने आदि इत्यादि । ६ वर्ष हुँदै गर्दा अनुपम केटीजस्तै नक्कल पार्ने र फ्रक लगाएर नाच्ने भइसकेका थिए ।
१३, १४ वर्षको उमेरमा भने उनलाई आफ्नो हरकत देखेर दिमागमा ठूलै झट्का लाग्यो । ऐनामा आफैंलाई हेर्दा मनमा चिसो पस्यो । र सोच्न थाले, ‘म के हो त ? किन यस्तो भएँ ? किन मेरो आकर्षण केटाप्रति जान्छ ? म किन केटीजस्तो छु ?’ भन्ने प्रश्नहरू आफैंलाई गर्न थाले उनले । तर भित्रबाट उत्तर केही आउँथेन । केवल मौनता छाउँथ्यो ।
उनी भौतिक रूपमा त केटा भएर जन्मिएका थिए । भित्री भावना भने केटीको थियो । विस्तारै उनलार्ई केटाको शौचालय जान पनि अप्ठ्यारो लाग्न थाल्यो । साथीहरू केटीमात्रै हुन्थे उनको । केटा साथीहरू उनीसँग घुलमिल हुनै चाहन्थेनन् ।
आफूलाई भएको अप्ठ्यारोपन र असहजता आमासँग साटे उनले । बुवासँग त एकदम डराउँथे अनुपम । तर आमाले पनि यो कुरालाई त्यत्ति ठूलो रूपमा लिइनन् । सायद छोरा तेस्रो लिंगी हो भन्ने कुराबारे उनलाई पनि राम्रो हेक्का थिएन । ‘यस्तो हुन्छ कहिलेकाहीं’ भनेर टारिन् ।
ठूलो हुँदै जानेबेलासम्म त उनले अरूबाट हुने अपहेलना धेरै खप्नुप¥यो । विद्यालयमा साथीहरूले यौनदुव्र्यवहार गरेका यादहरू उनको दिमागमा अझै पनि ताजै छन् । दुःखित मुद्रामा उनले भने, ‘कसैले त पाइन्ट नै खोलेर देखाउँथे । कतिले जीउ छुन आउने गर्थे ।’ एक पटक उनी १५ १६ वर्ष हुँदा उनको आमाको किड्नी ट्रान्स्प्लान्ट गर्न दिल्ली जानु पर्दा उनलाई होस्टलमा बस्नुपर्यो । केटाको होस्टलमा बस्नुपर्दाको दर्दनाक पीडा उनले अझै बिर्सिएका छैनन् । ‘होस्टलमा सबभन्दा धेरै दुव्र्यवहार भयो म माथि । त्यतिबेला म मर्छु नै भनेर पनि मैले सुसाइड गर्न गएको थिएँ । तर पछि होस्टलको वार्डेनले मेरोे व्यथा बुझ्नुभयो र मलाई गल्र्स होस्टलमा राखिदिनुभयो ।’
एक समय त उनले समाजले स्वीकार गर्दैन भनेर केटा नै बन्छु भनेर पनि सोचे । एक्लोपनमा कति आँशु बगे । तर अन्धकारमा बर्र्सिएका तिनै आँशुले उनलाई बलियो आत्मविश्वास दिलाएको छ ।
आफूमा भएको हर्मोन त रोकेर सकिने कुरा होइन । केटा हुन्छु भनेर कोसिस गर्दा पनि नसकेपछि उनी उपचारका लागि बैंगलोर गए । त्यहाँ पुगेपछि थाह भयो, उनमा ‘फिमेल हर्मोन्स’ को मात्रा धेरै रहेछ । पछि आफूलाई परिवर्तन गर्न सक्दिनँ भन्ने बुझे उनले । डाक्टरले उनका बुवाआमालाई पनि धेरै सम्झाए । विस्तारै परिवारले पनि खुल्ला रूपमा स्वीकार्र्न थाल्यो उनलाई ।
तेस्रोलिंगीहरूको प्रेमसम्बन्ध कस्तो हुन्छ ? यो आम मानिसहरूको चासोको विषय पनि हो । आजभोलि मिडियामा तेस्र्रोलिंगीले पनि सामान्य पुरुष या महिलासँग विवाह गरेका या प्रेमसम्बन्धमा रहेका खबरहरू आइरहन्छन् । तर धेरैजसो तेस्रोलिंगीको प्रेम टिकाउ नहुने बताउँछन् अनुपम । ‘प्रायः तेस्रो लिंगीहरूको प्रेमसम्बन्ध क्षणिक हुन्छ । लामो समयसम्म टिक्ने भनेको एकमद कम मानिसको मात्र हुन्छ’, उनले भने ।
अनुपम आफू पनि प्रेममा नपरेका होइनन् । एक विदेशी ब्वायफ्रेन्ड थिए उनको । उनी पनि ‘गे’ थिए । १८ वर्षको उमेरमा बसेको त्यो प्रेमसम्बन्धले पनि टिक्ने मौका पाएन । त्यत्तिबेला अनुपमले पनि आफ्नोेबारे सबैलाई राम्ररी बुझाइसकेकोे अवस्था थिएन । त्यसकारण समाज र परिवारले स्वीकार नगर्ने डरले त्यो मायालाई मुटुमाथि ढुंगा राखेरै त्याग्नुप¥यो उनले ।
नाम अनुपम श्रेष्ठ भएपनि उनलाई प्रायःले ‘हटिनटी’ भनेर चिन्छन् । ‘हटी’ आफू ‘हट’ भएर र ‘नटी’ चाहीँ उनलाई तिनै प्रेमीले दिएको उपनाम हो । पुराना प्रेमीलाई अनुपमले सोधेका पनि थिए । मलाई किन नटी भनेको ? भनेर अनुपमले प्रश्न गर्दा उनको उत्तर थियो, ‘किनकि तिमी बेडमा एकदमै नटी छौं ।’
तर अब ती कुशल प्रेमीका यादहरूमात्र छन् अनुपमसँग । अरूको प्रेमसम्बन्ध देखेर उनलाई पनि त्यस्तै मीठो सम्बन्ध होस् भन्ने इच्छा हुन्छ । तर, वास्तविकतामा भने अर्कै पाउँछन् । २० ÷२२ वर्षका फुच्चाहरूले प्रेम प्रस्ताव राख्दै आउँछन् । अनुपम उनीहरूलाई सीधै ‘नो’ भनिदिने गरेको बताउँछन् । यस्ता प्रसंगबारे उनले भनिन्, ‘ती भर्खरका बच्चाहरूसँग म प्रेम सम्बन्धमा रहेर के गर्र्नु ? जब कि मेरो खर्च नै कत्ति धेरै हुन्छ । उल्टो मैले नै उनीहरूको खर्च गरिदिनु प¥यो भने त, परेन फसाद ? अलिकति परिपक्व मान्छे भेटें भने चाहिँ प्रेमसम्बन्धमा बाँधिन्छु ।’
ठूूला ब्यानरका ‘म त तिम्रै हुँ’, ‘तिमीसँग’, ‘जय शम्भो’ जस्ता फिल्महरूमा काम गरिसकेकी अनुपमले नेपाली सिनेमा उद्योगबारे पनि धेरै गुनासो पोखे । समाजको ऐना बनेर काम गर्ने सिनेमा क्षेत्रमा नै कलाकारको इज्जत नभएको उनको धारणा छ । कतिपय कलाकार स्वयंसँग संस्कार नभएको भन्दै उनले भने, ‘नेपाली सिनेमा इन्डस्ट्री हलिउड बलिउडजस्तो ठूलो छैन । तर पनि यहाँ एकले अर्काको कुरा काट्ने, खुट्टा तान्ने प्रवृत्ति एकदमै धेरै छ । पहिला पहिला मेकअप आर्टिस्टलाई केही चढाएर मेकअप गर्न बसिन्थ्यो, अहिले खै त्यो संस्कार ? सामान्य कलाकारमा पनि संस्कार छैन । पढेको भन्दैमा ठूलो भइँदैन् । पढ्न त अहिले जो पनि पढेकोे हुन्छ ।’
नेपाली फिल्मका निर्माता र निर्देशकले पनि कलाकारको उचित इज्जत नगरेकोे उनको गुनासो छ । समयमा कलाकारलाई पारिश्रामिक नदिने, कलाकार छानी छानी फिल्मको प्रचारमा लैजाने जस्ता यावत् समस्याहरू उनले सुनाए ।
ठमेलमा देहव्यापार गर्र्ने तेस्रोलिंगीहरूबारे अनुपम निकै सकारात्मक छन् । उनी भन्छन्, ‘मैले उनीहरूको सबै समस्या बुझेको छु । त्यहाँ बस्ने तेस्रोलिंगीहरू परिवार र समाजबाट बहिष्कृत हुन् । काठमाडौंको महँगीमा बाँच्न गाह्रो छ । जीविकोपार्जनका लागि केही त गर्नुप¥यो । तेस्रोलिंगीलाई काम कसले दिन्छ ? जाने बाटो सबै बन्द भएपछि के गर्नु ?’ यस्ता विभिन्न कारणहरूले गर्दा देहव्यापारलाई पनि एक प्रकारको कला मान्छन् उनी ।
‘एलजिबिटिआई’ को हकहितको लागि स्थापना भएको ‘ब्लु डायमन्ड सोसाइटी’ ले तेस्रोलिंगीहरूको हकहितमा मात्र लड्ने नभएर उनीहरूको उचित व्यवस्थापन गरिनुपर्ने अनुपमको माग छ । ‘सबैले देहव्यापार गरेर त बस्दैनन् । उनीहरूलाई पछि कसले हेर्छ ? खै त ब्लु डायमन्ड सोसाइटीले एउटा आश्रम खोलिदिएको ?’ उनले भने ।
अनुपम अब ‘सूत्र इन्टरटेन्मेन्ट’ मार्र्फत नयाँ ‘टक शो’ लिएर आउँदैछन् । आजभोलि यसकै काममा व्यस्त रहेका उनको ‘कमले काले’ बोलको फिल्म पनि छिट्टै सुटिङमा जाँदैछ । फिल्ममा उनी विलकूल फरक भूमिकामा आउँदैछन् । यो उनको ‘महारानी’ को भूमिका हुनेछ । खासगरी उनलाई ‘ग्याङस्टर’ रोल गर्ने भनेर दीपक मनांगेको भूमिका गर्नको लागि फिल्ममा लिइएको थियो । तर, आफूले यो भूमिका निर्वाह सक्दिन भनेर उनले दर्शकलाई फरक कथावस्तु पस्किने हिसाबले भूमिका परिवर्र्तन गर्न निर्माता निर्र्देशकलाई सुझाएपछि उनलार्ई महारानीको भूमिका मिलेको होे ।
अहिले आफ्नो पौरखमा रमाएका अनुपम फेसन डिजाइनर र कोरियोग्राफर पनि हुन् । अब त समाजप्रति उनको केही गुनासो छैन । उनी भन्छन्, ‘अब मेरो लागि समाज त केही पनि होइन । छक्का, हिँजडा भन्ने शब्दले मलाई कत्ति पनि फरक पार्दैन । मेरा लागि मेरा भगवान् र मेरा आमाबुवा हुनुहन्छ ।’ समय परिवर्तनशील हुन्छ भन्न्ने कुरा पनि अनुपमको जीवनमा लागू भएको छ । हिजोका दिनमा उनलाई देखेर मुख फर्काउनेहरू अहिले उनैसँग सल्लाह लिन आइपुग्छन् । सामाजिक सञ्जालमा बढ्दो ‘फ्यान फलोइङ’ ले उनको खुसीको सीमा छैन । यो सबै हुनुुमा उनकै आमाबावुुको हात छ । त्यसैले त उनी भन्छन्, ‘परिवार र आमाबावु भन्दा ठूलो अरू केही हुन्न । त्यसैले तेस्रोलिंगी भनेर बहिष्कार नगर्नूस् । आमाबावुले स्वीकार गरेपछि समाजले त आफैँ गर्छ ।’