बाहिरबाट उखु आयात गर्न नपाउने व्यवस्था हुन्छः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकलाई राहत दिन सरकारले उखु तत्काल खरिद हुने गरी बाध्यकारी कानुनको व्यवस्था गर्ने बताएका छन् ।
शुक्रबार साँझ आफ्नै सरकारी निवास बालुवाटारमा उखु कृषकहरुलाई मारमा पर्न नदिन तत्कालका लागि उखु आयातमा प्रतिबन्ध लगाउने आश्वासन दिए । नेपालमा उखु भएसम्म बाहिरबाट आयात गर्न नपाउने व्यवस्था पनि सरकारले गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले सरकारले उखु किसानहरुलाई अनुदानसहितको व्यवस्था गर्दै आएको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बजारमा उखुको मूल्य घटेकाले नेपालमा पनि त्यसको प्रभाव पर्न गएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओली उखु कृषक