खेल

नेइमार बने ब्राजिलको राष्ट्रिय टोलीका कप्तान

नेइमार बने ब्राजिलको राष्ट्रिय टोलीका कप्तान

ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेइमार राष्ट्रिय फुटबल टिमका स्थायी कप्तान बनेका छन्। मुख्य प्रशिक्षक टिटेले पालैपालो कप्तानी गर्ने परम्परालाई तोड्दै नेइमारलाई ब्राजिली टिमको स्थायी कप्तानको जिम्मेवारी सुम्पिएका हुन्। 

 

न्यू जर्सीमा अमेरिकाविरुद्ध मैत्रिपूर्ण खेल अघि मुख्य प्रशिक्षक टिटेले नेइमारलाई कप्तानमा नियुक्त गरेका हुन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमारले कप्तानको जिम्मेवारीसँगै ब्राजिललाई नेतृत्व गर्न पाउनु आफ्ना लागि सुखद हुने प्रतिक्रिया दिएका छन् । नेइमारले पछिल्लो पटक ब्राजिलका लागि रुस विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। 

 

नेइमार मुख्य प्रशिक्षक टिटे

विशेष