मनोरञ्जन

शुक्रबारबाट प्रतिक्षित चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा, कसले कमाउला बढी ?

शुक्रबारबाट प्रतिक्षित चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा, कसले कमाउला बढी ?

काठमाडौं । शुक्रबारबाट २ वटा नेपाली चलचित्र सहित एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ र निरक पौडेल निर्देशित फिल्म ‘रोज’ प्रदर्शनमा आएका हुन्।

 

प्रदर्शनमा आएका दुई नेपाली फिल्मका मुख्य कलाकार पुजा शर्मा र प्रदीप खड्का शुक्रबारबाट फरक-फरक फिल्मका साथ हलमा जुध्न पुगेका छन्।सम्बन्धको ‘इगो’को कारण पुजा शर्मा अभिनित ‘रामकहानी’ र प्रदीप खड्का अभिनित ‘रोज’को प्रदर्शन मिति एउटै बन्न पुगेको धेरैजसोको बुझाइ छ।

 

स्टार कास्टका कारण शुक्रबारबाट प्रदर्शनमा आएका दुबै फिल्म दर्शकका लागि अपेक्षित फिल्म हुन् । सुदर्शन थापा निर्देशित फिल्म रामकहानी लभस्टोरी कमेडी जनरामा निमार्ण भएको फिल्म हो। फिल्ममा अभिनेत्री पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झा लगायतको अभिनय रहेको छ।

 

निर्देशक थापा र अभिनेत्री शर्माको संयुक्त लगानी रहेको फिल्ममा सुदर्शनकै कथा लेखन रहेको छ। सौरभ लामाको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी छ।

 

क्राइम थ्रिलर शैलीमा निमार्ण भएको ‘रोज’लाई निरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप, परिमिता मिरुना, कर्मा शाक्य, भरुन एसजेबी राना, नरेस पौडेल लगायतको अभिनय रहेको छ। केदार भुसालको लेखन रहेको फिल्ममा उद्धव पौडेलको प्रस्तुती रहेको छ।

 

फिल्मम राजेश कुमार श्रेष्ठ र दयाराम पाण्डेको गीत लेखन, प्रताप दास, प्रविसा अधिकारी, निसान भट्टराईको गायन तथा एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ। फिल्ममा कविराज हगतराजकै कोरियोग्राफी छ।

रामकहानी रोज

विशेष