स्वास्थ्य

चेस्ट एक्सरसाइज गर्न…

चेस्ट एक्सरसाइज गर्न…

एक्सरसाइजले मानिसलाई स्वस्थ बनाउँछ । यसले पेट घटाउन, बढाउन, हातको मसल घटाउन–बढाउन मद्दत गर्छ । शरीरका सबै भागलाई कसरतका माध्यमले आफूले खोजेको आकारमा घटाउन/बढाउन सकिन्छ । शरीरको एक्सरसाइजमध्ये एक छाती (चेस्ट)को एक्सरसाइज पनि हो । यहाँ सो एक्सरसाइजद्वारा चेस्ट कसरी बनाउने भन्नेबारे जानकारी दिइएको छ :

 

 

- शरीरको एक्सरसाइजमा चेस्टको एक्सरसाइज पनि महत्वपूर्ण मानिन्छ । चेस्ट एक्सरसाइज गर्दा हामीले पहिला शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

 

- चेस्ट आकर्षक सेपमा ल्याउनका लागि पुसअप, बेन्च फ्रेस, क्लाइन्ट प्रेस, डिक्लाइन्ट प्रेस, बटरफ्लाई, डम्बेलजस्ता कसरतहरू क्रमशः गर्नुपर्छ ।

 

- एक्सरसाइज गर्दा डाइटमा पनि ध्यान दिनुपर्छ । बजारमा थुप्रै डाइट पाइन्छ । तर, सकभर नेचुरल डाइट खाँदा नै उपयुक्त हुन्छ । धेरै फ्याट हुने खानेकुरा खानुहुँदैन । जस्तै, मैदाबाट बनेका खानेकुरा, आलुलगायतका खानेकुरा नखाई बोयल खानेकुरा खानुपर्छ ।- नयाँ पत्रिका दैनिकबाट ।

एक्सरसाइज चेस्ट

विशेष