मुख्य समाचार

प्रचण्डले आज राजनाथसंग, भोलि मोदीसंग भेट्ने

प्रचण्डले आज राजनाथसंग, भोलि मोदीसंग भेट्ने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरिय भेटवार्तालाई तिब्रता दिएका छन् । 



बिहीबार भारत पुगेका प्रचण्डले आज शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसंग भेट गर्दैछन् । दिउँसो साढे १२ बजे गृहमन्त्री सिंह र प्रचण्डबीच भेट हुने प्रचण्डका प्रेस संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थीक र सुरक्षाका विषयमा छलफल हुने बताइएको छ। 



प्रचण्ड शुक्रबार साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । उनी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आयोजना गरेको रात्रिभोजमा सहभागि भएका थिए । 



प्रचण्डले शनिबार शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका तय भएको छ । लोककल्याण मागएस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिए । भेटमा नेपालको राजनीतिक अवस्था र विकासमा लागि भारतले गर्ने सहयोगका बारेमा कुराकानी हुने स्रोतले बताएको छ । 



बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदी स्वदेश फर्किएको १ सातापछि नै प्रचण्डले भारत पुगेर भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड

विशेष